बिराटनगरमा नक्कली औषधि बेच्ने तिन फार्मेसीलाई मुद्दा चलाउने तयारी

<span class='c1'>बिराटनगरमा नक्कली औषधि बेच्ने तिन</span> <span class='c2'>फार्मेसीलाई मुद्दा चलाउने तयारी</span>

विराटनगर साउन २६ । विराटनगरका तीनवटा अस्पतालभित्र सञ्चालित फार्मेसीलाई नक्कली औषधि बिक्री प्रकरणमा  मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा नक्कली र दर्ता नभएको औषधि फेला परेका तीनवटा फार्मेसीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले मुद्दा चलाउने तयारी गरेको हो ।

क्षेत्रीय कार्यालयले कारोवारी जीवन अग्रवालसँगै गोल्डेन हस्पिटलभित्र सञ्चालित फेमली केयर फार्मेसी, म्याक्स अस्पतालभित्र सञ्चालित लङ लाइफ फार्मेसी र विराट मेडिकल कलेजभित्र सञ्चालित महुली फार्मेसीका सञ्चालकविरूद्ध औषधि ऐन २०३५ अनुसार मुद्दा दर्ताको तयारी थालिएको हो ।

गोल्डेन, म्याक्स र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन अग्रवालसँग नक्कली औषधि कारोवार गरेको प्रमाण फेला परेको थियो ।

तीनमध्ये माहुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरी र लङ लाइफ फार्मेसीका सञ्चालक दीपककुमार राय प्रहरी नियन्त्रणमा छन् ।

जीवन अग्रवालको हिसावखाता (लेजर) मा उल्लेख भएका फार्मेसीहरूपनि अनुसन्धानको घेरामा तानिएका छन्  । अग्रवालको हिसावखातामा विराटनगरका पाँचसहित धरानका र दमकका फार्मेसीमा औषधि आपूर्ति गर्दै आएको प्रमाण भेटिएको छ ।

छापा मार्ने क्रममा ६६ प्रकारका आकस्मिक तथा सघन उपचार कक्ष (आइसीयू ) मा प्रयोग हुने जीवनरक्षक औषधिसहित दीपककुमार राय र प्रशान्तकुमार चौधरी नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्