फलोअप:विराटनगरको सप्तकोशी अस्पतालले डस्विनमा मरेका शिशु फालेको भन्दै अस्पताललाई कारबाही गरिने

<span class='c1'>फलोअप:विराटनगरको सप्तकोशी अस्पतालले डस्विनमा मरेका शिशु</span> <span class='c2'>फालेको भन्दै अस्पताललाई कारबाही गरिने</span>

प्रेम देवान आवर विराटनगर
विराटनगर, २६ साउन । गत बुधबार विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने थुप्रो मृत अवस्थामा फालेको भन्दै महानगरले कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
। विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालिका ा कर्मचारीले बुधबार फोहोर उठाउन जादाँ मृत अवस्थामा शिशु भेटेका थिए ।
वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि विराटनगरका फोहोर सकंलन गर्न पुगेका अमर मरिक, सजंय मरिक र गाडीका चालक प्रमोद मण्डलले मृत अवस्थामा सालनाल सहितको शिशु फेला पारेका थिए ।
सप्तकोशी अस्पतालको पछाडी फोहोर जम्मा गर्ने थुप्रोमा सालनाल सहितको ( छोरी ) शिशु फालिएको अबस्थामा फेला पारेपछि तत्काल प्रहरी र महानगरले चासो दिएको थियो । अनुसन्धानको क्रममा अस्पतालले गल्ती स्वीकारेपछि महानगरले कारबाही अगाडी बढाउने भएको हो ।
फोहोर व्यावस्थापन गर्दै आएको वेष्ट म्यानेजमेन्ट गु्रपले अस्प्तालले मरेको बच्चा फोहोर फाल्ने थुप्रोमा फालेको निवेदन दिएपछि सप्तकोशी अस्पताललाई कारबाहीको प्रक्रिया अगाडी बढाएको महानगरपालिकाले जनाएको छ ।
बच्चा भेटिएपछि महानरगरपालिकाले कारवाहीको तयारी थालेको विराटनगर महानगरपालिको बातावरण शाखा प्रमुख अनिता कोइराला(न्यौपाने) ले जानकारी दिनुभयो । बुनै पनि अस्पताले मरेका शिशुहरु त्यसरी खुलेआम फाक्न नपाईने भएका कारण अस्पताललाई कारबाहीको प्रक्रिया अगाडी बढाइएको कोईरालाले बताउनुभयो ।
यसरी जथाभाबी फोहोर फाल्ने १० हजारदेखी २ लाख रुपैयाँसम्म जरिवाना गर्ने महानगरपालिकाले जनाएको छ । मृतक बच्चा डसबिनमा फाल्ने उक्त अस्पताललाइ समेत यही अनुसार कारबाही अगाडी बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्