नक्कली औषधी काण्ड : विराटनगरबाट नक्कली औषधी बेचेको आरोपमा पाण्डु र अन्सारी पक्राउ

<span class='c1'>नक्कली औषधी काण्ड : विराटनगरबाट नक्कली औषधी बेचेको</span> <span class='c2'>आरोपमा पाण्डु र अन्सारी पक्राउ</span>

प्रेम देवान आवर विराटनगर
विराटनगर २६ साउन । विराटनगरमा हस्पिटल लाईनका फार्मेसीहरुमा नक्कली औषधी बेचेर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
मानव स्वास्वथ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पक्राउ गरेको छ ।
औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले शुत्रबार हस्पिटल चोकबाट दुई जनालाई अनुसन्धानको लागी पक्राउ गरिएको विभागले जनाएको छ ।
औषधि व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले बजारमा नक्कली औषधी विक्री गरेको सुचनाको आधारमा हस्पिटल चोकमा रहेको गोल्डेन अस्पताल भित्र सञ्चालित गोल्डेन फार्मेसी र अस्पताल चोकमा सञ्चालित जिग्री फार्मेसीका सञ्चालक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा हस्पिटल चोकमा रहेको जिग्री फार्मेसीका नैसाद अन्सारी र गोल्डेन फार्मेसीका पाण्डप राजवंशी (पाण्डु) रहेका छन् । नक्कली औषधी विक्री गरेको आरोपमा गत साउन १३ गते विराटनगरका विभिन्न नाम चलेका हस्पिटल लाईनका फार्मेसीहरुमा छापा मारेको थियो ।
यसै क्रममा गोल्डेन अस्पताल भित्र सञ्चालित फेमलीकेयर फार्मेसीबाट प्रहरी छापा मारेर नक्कली औषधि बरामद गरेको थियो । पाण्डु फेमलीकेयरका पनि आवद्ध छन् । अस्पताल भित्र गोल्डेन फार्मेसी नाम गरेको कुनै फार्मेसी छैन् । तर पाण्डु सहित रहवर अन्सारी लगायतले औषधि खरिद गर्नेले बिल माग्दा गोल्डेन फार्मेसीको बिल प्रयोग गर्दै आएका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोर»को थुनुवा कक्षमा राखिएको छ । यसअघि नक्कली औषधि प्रकरणका मुख्य नाइके भनिएका जीवन अग्रवल सहित विराट मेडिकल कलेज भित्र सञ्चालित महुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरी र म्याक्स अस्पताल भित्र सञ्चालित ल» लाइफ फार्मेसीका सञ्चालक दिपककुमार राय पक्राउ परीसकेका छन् ।
शुक्रबार पक्राउ परेका पाण्डु र अन्सारीको भोली आईतबार बयान लिने औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरका निमिक्त प्रमुख आशा थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्