विराटनगरमा दुर्घटनामा परेका आचार्यको उपचारका क्रममा मृत्यु

<span class='c1'>विराटनगरमा दुर्घटनामा परेका आचार्यको</span> <span class='c2'>उपचारका क्रममा मृत्यु</span>

मोरङ, साउन २८  ।

विराटनगर महानगरपालिका-४ स्थित पहडगछ ढाटमा ३ दिन अघि मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विराटनगर महानगरपालिका-४ बस्ने वर्ष ६८ को खगेन्द्र प्रसाद आचार्यको सोमबार उपचारका क्रममा मृत्यु भएको छ।

साउन २४ गते बिहिबार बिहान ११:१५ बजे आचार्यलाई को ३२ प ६४३३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते आचार्यको नोबेल अस्पताल विराटनगरमा आईतबार बिहान ११:४५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाइकलका चालक मोरङ जिल्ला विराटनगर महानगरपालिका-७ बस्ने वर्ष २० को सन्तोष लिम्बु जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्