नेकपा मोरङमा एकिकरण हुँदै , मोरङको जिम्मेवारी बाँड्न काठमाडौँमा बैठक

<span class='c1'>नेकपा मोरङमा एकिकरण हुँदै ,</span> <span class='c2'>मोरङको जिम्मेवारी बाँड्न काठमाडौँमा बैठक</span>

विराटनगर, ३० साउन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता एकता भएको तिन महिना पछि मात्र मोरङ जिल्लाको जिम्मेवारी बाँडफाँड अन्तिम चरणमा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेसँगै पदिय जिम्मेवारी पनि बाँडफाँडको अन्तिम तयारी भएको हो । मोरङ जिल्ला सहित एक नम्बर प्रदेशका नेताहरुको जिम्मेवारी तथा पदिय बाँडफाँडका लागि काठमाडौँमा बसेको कार्यदलको बैठकले एकताको बिधि तय गरेको कार्यदल सदस्य गोपी अछामीले जानकारी दिए । मोरङको जिल्ला कमिटि १८५ सदस्यीय बन्ने र त्यसमा पूर्व एमालेबाट ११० र पूर्वमाओवादीबाट ७५ जना रहने सहमति कार्यदलमा भएको छ । यसैगरी जिल्लाको अध्यक्ष पूर्वएमालेले लिने र सचिब पूर्वमाओवादीले लिने पनि सहमति कार्यदलमा भएको छ । कार्यदलमा पूर्वएमालेबाट विनोद ढकाल र महेश रेग्मी तथा पूर्व माओवादीबाट गोपी अछामी र कुशल लिम्बू थिए ।
मोरङका ६० र ४० प्रतिशतका आधारमा एकता गर्ने सहमति भएको हो । जिल्ला तहको एकता सकिएपछि १७ स्थानीय तह र जनवर्गीय संगठनहरुको एकता प्रक्रियाले गति लिने देखिएको छ ।
एकताको सहमति जुटेसँगै मोरङको अध्यक्ष र सचिब एउटै भूगोलको हुने संभावना देखिएको छ । अध्यक्षमा पूर्वएमालेका जिल्ला सचिव ऋषिकेश पोखरेल र सचिबमा पूर्वमाओवादीका जिल्ला सहसंयोजक गणेश उप्रेतीको करिब निश्चित रहेको नेताहरुले बताएका छन् । उनीहरु दुबैजना मोरङ क्षेत्र नं. २ बाट गएको निर्वाचनमा पराजित भएका उम्मेदवार हुन् । पोखरेल प्रतिनिधिसभा र उप्रेती प्रदेशसभाका उम्मेदवार थिए ।
दुबै पार्टीका तत्कालिन जिल्ला अध्यक्षहरु विनोद ढकाल र गोपी अछामी पार्टीको केन्द्रीय सदस्य रहेकोले उनीहरु जिल्ला नेतृत्वमा नरहने भएकोले पोखरेल र उप्रेतीले अवसर पाउने भएका हुन् । यद्यपी अध्यक्षमा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रामलाल साहको पनि दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्