शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

<span class='c1'>शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड</span> <span class='c2'>कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा</span>

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षकी छात्रा शिखा घिमिरेको हत्याको विरोध गर्दै आज कलेज तथा साथीहरुले शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । 

कलेजका संचालक , शिक्षक तथा उनका साथीहरुको उपस्तिथिमा उक्त शोकसभा आयोजना गरिएको थियो । शोकसभामा बोल्ने क्रममा सबैले दोषीलाई कडा भन्दा कडा कारवाही गर्न प्रशासनसंग अनुरोध गरेका थिए ।

शिखाको हत्यारालाई कारवाही गर्न माग गर्दै शनिबार साँझ पनि बिराटनगरमा शोक तथा बिरोधसभा आयोजना गरिएको थियो । आज पनि बिभिन्न युवा संघ सस्थाको आयोजनामा र्याली तथा बिरोधसभा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्