विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन । जिल्ला सुरक्षा समितिको आइतवार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा गार्ड दिने निर्णय गरेको हो । सुरक्षा समितिको बैठकको निर्णय आए लगत्तै पराजुलीले सुरक्षा गार्ड लिएर हिड्न थालेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए । उनकाे सुरक्षामा प्रहरी हवल्दार भेषकुमार चापागाई खटिएका छन् ।
सिसि क्यामेरा किन रेकर्ड गरिएन ?
मेयरले सुरक्षा गार्ड लिएर हिडेपनि कार्यालयको सुरक्षाको लागि राखिएको सिसिक्यामेराको फुटेज नपाउँदा प्रहरीलाई भने बम आक्रमण गर्नेको पहिचान हुन समस्या देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोक केसीले कार्यालयको सुरक्षाको लागि भन्दै राखिएको सिसिक्यामेराको फुटेज नभेटिएपछि प्रहरीलाई काम गर्न गाह्राृ भएको बताएका छन् । संचारकर्मीले बम आक्रमणको सिसिक्यामेरा फुटेजबाट केही पत्ता लाग्यो भन्दा जवाफ दिने अबस्थामा देखिँदैन । बम बिस्फोट भएको बेलामा कुनैपनि सिसिक्यामेराको फुटेर रेकर्डेड अबस्थामा नराखिएको कारण दोषी पत्ता लगाउन गाह्रो भएको उनले बताए । तर अहिले पनि अनुसन्धान र खोजी जारी रहेको एसपी केसीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्