शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”

<span class='c1'>शिखा हत्या प्रकरण : काजक्रियामा ७६ बर्षिय</span> <span class='c2'>हजुरबुबा ,परिवार भन्छ “हत्यारालाई जन्मकैद हुनुपर्छ”</span>

प्रेम देवान
विराटनगर ९ भदौ । विराटनगर १३ की २२ बर्षिया शिखा घिमिरेको आफ्नै प्रेमीले धारिलो हतियारले हत्या गरेपछि अहिले उनका परिवार शोक डुबिरहेका छन् । शिखाका ७६ बर्षिया हजुरबुबा यतिबेला काजक्रियामा बसिरहेका छन् ।
गत भदौ १ गते शुक्रबारका दिन घरबाट आफ्नै प्रेमीसँग घुम्न भनेर निस्कीएकी शिखाको आफ्नै प्रेमी ३० बर्षिया दिनेश भट्टराईले चक्कु प्रहार गरी हत्या गरेका थिए । मोरङको ग्रामथान गाउँपालिका–३ सिद्राहामा रहेको नहरमा लगेर धारिलो छुरा प्रहार गरि निर्ममतापुर्वक हत्या गरेका थिए ।
शिखाका प्रेमी दिनेश पनि विराटनगर १३ स्थित विराट आँखा अस्पताल अगाडी बस्दै आएका थिए । शिखा र दिनेशको घर करिब ३ सय मिटर वरपर रहेको छ । प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा स्थानिय गांउले भट्टराईलाई तत्काल पक्राउ गरि प्रहरीको घेरामा छन् यतिबेला ।

[caption id="attachment_62671" align="alignnone" width="1280"] विदेश जना बनाइएको शिखाको पासपोर्ट[/caption]

नातिनीको काजक्रियामा ७६ बर्षिया हजुरबुबा

सानैदेखि लालनपालन गर्दै आएको आफ्नै नातिनी शिखाको यसरी काजक्रियामा बस्नुपर्दा ७६ बर्षिया हजुरबुबको मुटु कटक्क खाने गर्दछ । शिखाको १३ दिने काजक्रियामा अहिले आफ्नै हजुरबुबा तुलबहादुर घिमिरे विगत ९ दिनदेखि काम गरिरहेका छन् । सानो छदाँ नातिनीलाई आफ्नै हातले खेलाएको अहिले यो बेला यस्तो काम गर्नुपर्दा मन रुने गर्छ,, उनले गहभरी आँसु झार्दैै भने । ‘के गर्नु अब नहुने कुरा भईहाल्यो , ‘अब उनको काम पनि त गर्ने पर्यो।’ यतिमात्र हो यनको मनले शान्ती पाओस, तर त्यो हत्यारालाई कारबाही गर्नुपर्छ । परमपरागत नियम अनुसार १३ दिने काम आफ्ना आमा बुबा, तथा काकाहरुले गर्न नमिल्ने भएपछि आहिले शिखाका ७६ वर्षिय हजुरबुबा काजमा बसिरहेका छन् ।

[caption id="attachment_62672" align="alignnone" width="1280"] शिखाका हजुरबुबा[/caption]

आफनै प्रेमी काल बने

२२ बर्षिया शिखाले सपनामा पनि सोचेकी थिईनन् की आफ्ना प्रेमी दिनेश भट्टराई मेरो लागी काल बनेर आउछन् भनेर । तर त्यो शिखाको लागी भने यथार्थ रुपमा परिणत हुन पुग्यो । संगै बाच्ने अनि संगै मर्ने भनेर कसम खाएर एक आपसमा लामो समयदेखि प्रेमीपे्रमीकाको रुपमा थिए ।
उनीहरुको प्रेम सम्बन्ध राम्रै चलिरहेको थियो । विस्तारै दुवै जनाका परिवारले शिखा र दिनेशको सम्बन्धको बारेमा थाहा पाएपछि विवाह गर्ने निर्णय गरेका थिए । तर शिखाको भने अष्ट्रलिया जाने सपना थियो । उनले विराटनगरमै रहेको एक प्राईभेट ईन्सिच्युटबाट अष्ट्रलियाको जानको लागी अध्ययन पस्चात नाम पनि निकाली सकेकी थिईन् । उनी अष्ट्रेलिया जानको लागी केही महिना मात्र बाकी थियो । तर शिखाको भदौ १ गते शुक्रबारका दिनदेखि अष्ट्रेलिया जाने सपना सबै चक्नाचुर भएर गए । आफूले माया गरेको मान्छेले एकान्त ठाँउमा लगेर मार्ला भनेर सोच्दै नसोचेको हुन पुग्यो शिखालाई । शिखाकी आमाबाट विहान ८ बजे अनुमती मागि दुवैजना बाहिर निस्कीएका थिए । दुवै जना घुम्न भनेर बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । तर उनको घुम्ने बहानामा शिखाका प्रेमी दिनेश भट्टराईले हत्या गरेका थिए ।

[caption id="attachment_62673" align="alignnone" width="1280"] शिखा र दिनेसको बिवाह दर्ता[/caption]

शिखा र दिनेशको ३ महिनाअघि कोर्ट म्यारिज

शिखा घिमिरे र दिनेश भट्टराईबीच तीन महिनाअघि नै विवाह भइसकेको थियो । दिनेशले शिखासँग ‘कोर्ट म्यारिज’ गरेको शिखाका बुबा कृष्ण घिमिरेले बताए । शिखाका बुबाले छोरी शिखालाई स्थानीय दिनेश भट्टराईसँग जेठमै कानुनी रूपमा विवाह गरिदिएको बताए । ‘दिनेश र शिखा दुवै डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जानलागेका थिए तर अचानक यस्तो घटना घट्न पुग्यो ।
शिखा स्थानीय गोदावरी बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दादेखि दिनेशले घरमै आएर ट्युसन पढाएको बताए । शिखा गोदाबारी स्कुलबाट नै प्रथम श्रेणीमा एसएलसी पास गरेकी थिईन् । शिखाका बुबाले छोरीको कोर्ट म्यारिज भएको प्रमाणपत्र देखाउदै भने दुवै परिवारका सदस्यले सोच्न नै नसक्ने घटना हुन पुगेको छ ।

हत्यारालाई कडा कारवाही गर्न परिवारको माग

शिखाको हत्या गर्ने दिनेश भटराईलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका परिवारले दवाव दिरहेका छन् । शिखाको निर्ममतापूर्वक हत्या गर्नेलाई कडा कारवाही गर्न मृतकका बुबा कृष्ण घिमीरे र आमा सुरेखा घिमिरेले जसरी मेरी छोरीलाई मारेको छ , उसले पनि जीन्दगीभरी जेलमा बस्नु परोस् । आमा सुरेखाले रुदै भनिन् अब मेरो छोरी त फर्केर आउदिनन् । तर मेरो छोरीको हत्या गर्नेलाई जीन्दगीभरी नै आजिवन जेलमा बस्नु परोस । यस्ता खालका अन्य घटना घट्न सक्ने भन्दै अरुलाई पनि सचेत रहन आग्रह गरिन् ।

दिनेश प्रहरीको अनुसन्धन भित्रै

शिखाका प्रेमी दिनेश भट्टराई अझै प्रहरी हिरासतमा राखेर बयान लिने काम भईरहेको छ । उनलाई अहिले ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ ।

[caption id="attachment_62121" align="alignnone" width="864"] दिनेश भटराई[/caption]

ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा हत्या आरोपी दिनेशको घटनाको बारेमा सोधपुछ तथा अनुसन्धन गरिरहेका जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता निसान थापाले जानकारी दिनुभयो । ‘घटना ग्रामथानमा भएका कारण त्यहाँको स्थलगत रिर्पोट र स्थानियवासीसंग पनि सोधपुछ भईरहेको छ ।’ ‘शिखाको हत्यामा प्रहार गरिएको चक्कु पनि परिक्षणको लागी पठाईएको छ । घटनाको बारेमा अहिले पनि अनुसन्धान नै जारी रहेका कारण यसै भन्न नसकिने प्रवक्ता थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्