बिराटनगर भदौ १० , बिराटनगरमा फिल्म र भिडियोग्राफीमा रुची भएकाहरुको लागि खुसीको खबर रहेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि ५ बजेसम्म गराइने छ ।
नेपालका ख्यातिप्राप्त निर्माता छविराज ओझा सहितको प्रशिक्षक टोलीले बिराटनगरमा उक्त कार्यशाला गर्ने ओबी मिडिया प्रालिका निर्देशक बिबेक दाहालले बताए । १ हप्ताको उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्यामेराको प्रयोग साथै सम्पूर्ण सीप पाउने आयोजकले जनाएको छ । बिद्यार्थीहरुले उक्त तालिम पच्यात छोटा चलचित्र समेत निर्माण गर्नुपर्ने छ । कार्यशाला पच्यात बिद्यार्थीहरुले तालिमको प्रमाणपत्र समेत पाउनेछन । तालिमको शुल्क दश हजार रुपैया राखिएको छ । झापा र इटहरीको सफलता पछी बिराटनगरमा उक्त कार्यशाला हुन लागेको कान्तिपुर फिल्म एकेडेमीका रोनिस राउतले जानकारी दिए ।