पूर्वको धरान र पथरीमा दिपक बज्राचार्य लाइभ कन्सर्ट हुदै

<span class='c1'>पूर्वको धरान र पथरीमा दिपक</span> <span class='c2'>बज्राचार्य लाइभ कन्सर्ट हुदै</span>

धरान भदौ १२, चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउदैछन । आगामी भदौ २२ गते शुक्रबार पथरीशनिस्चरेस्थित पथरी रंगशाला र भदौ २३ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ मा गायक दिपक बज्राचार्य गुन्जिनेछन् ।

काली काली हिस्सी परेकी . ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा , अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन ,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगनजस्ता थुप्रै हिट गीतहरु दिएर देश- विदेशमा अहिले सम्म उतिकै व्यस्त रहने केहि गायकहरु मध्ये दिपक बज्राचार्य पनि पर्दछन् ।

पछिल्लो समयमा आफ्ना पुरानो गीतहरुमा समेत नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाचहरु को सम्मिस्रण गरि आफ्नो भिन्न पहिचान बनाउन सफल गायक दिपक बज्राचार्यले पूर्णत नेवारी संस्कृतिलाई आधुनिक रुपमा पस्किएको पछिल्लो नया गीत मनमगनले उनलाई पुन नया उचाई दिएको छ । यहि गीतको लोकप्रियताले अहिले उनि सांगीतिक वर्ल्डटुरको लागि व्यस्त छन् । भर्खरै नेवारी भर्शनमा रिलिज गरिएको यो गीतको नेपाली भर्शन ५० लाख माथिले हेरिसकेका छन् भने चाडै नै यहि गीत ओरिजिनल भिडियो संगै हिन्दी भाषामा समेत आउदैछ र यसको प्रवद्वनको लागि भारतको डिजीट्युन कम्पनीले एक करोड खर्च गर्दैछ ।

धरान र पथरीमा हुने कन्सर्टमा उनले आफ्ना नया पुराना गीतहरु गाउनेछन् । लामो अन्तराल पछि धरानमा कन्सर्टको लागि आउन लागेका दिपकको पथरीमा भने पहिलो कन्सर्ट हो । टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्ट र माउन्ट एभरेस्ट स्पोर्ट्स एंड इभेन्टको संयोजनमा तथा नेवा : दय दबुको सहभागितामा हुन लागेको कार्यकर्ममा दिपक बज्राचार्य संगै पूर्वका चर्चित गायक डिल्ली फोम्बो र उनको ब्याण्ड द बिमोक्स , चर्चित र्यापर बुलेट फ्लो (जीएक्स सोल ) ले आफ्नो प्रस्तुति देखाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्