विराटनगरमा हत्या भएका टंकको परिवारलाई मेयरको सहयोग

<span class='c1'>विराटनगरमा हत्या भएका टंकको</span> <span class='c2'>परिवारलाई मेयरको सहयोग</span>

विराटनगर,१३ भदौ ।
हत्या गरी मारिएका टंक भट्टराईको परिवारलाई विराटनगर महानगरका प्रमुख भीम पराजुलीको परिवारले ५० हजार रुपैया सहयोग प्रदान गरेको छ ।
प्रमुख पराजुलीकी आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले परिवारलाई भेटी उक्त रकम प्रदान गरे । सो रकम प्रमुख पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलव तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन । सुरक्षागार्डको काम गर्दै आएका भट्टराईको गत भदौ २ गते निर्ममतापूर्वक हत्या भएको थियो ।
रातीको समयमा डिउटीमा बसेका बेला विराटनगर स्थित भृकुटीचोक नजिकै रहेको न्यूविक्की हार्डवेयरमा हत्या गरिएको अवस्थामा उनको शब फेला परेको थियो । भदौ ३ गते हत्या गरिएका टंकप्रसाद भट्टराईको परिवारलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भत्ता वापत आएको ५० हजार रकम हस्तान्तरण गर्नुभएको छ ।अति विपन्न भट्टराई परिवारलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली बैठकको भत्ताबापत आएको ५० हजार रकम आज पीडित कै घरमा पुगेर प्रमुख पराजुलीकी आमा र श्रीमतीले हस्तान्तरण गरे । पीडित परिवारलाई थोरै भएपनि राहत पुगोस् भनेर रकम हस्तान्तरण गरिएको प्रमुख पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्