बिराटनगर ,१३ भदौ। एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको हार व्यहोरेको छ ।
नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाउन सफल भयो ।
मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनाएको थियो । जसमा सागर पुनले ८४ बलमा ८३ रन बनाएका थिए ।