विराटनगरका मेयर भिम पराजुली नगरपालिका संघकाे महासचिवमा जान आकांक्षी

<span class='c1'>विराटनगरका मेयर भिम पराजुली </span> <span class='c2'>नगरपालिका संघकाे महासचिवमा जान आकांक्षी</span>

विराटनगर, १३ भदाै । नेपाल नगरपालिका संघमा नेपाली कांग्रेसले पठाउने व्यक्तिको टुङ्गो लगाउन नसक्दा महासचिव र अन्य पदमा को पठाउने अन्यौल कायम छ । नगरपालिका संघको नयाँ नेतृत्वका लागि काठमाडौंमा देशभरका नगरपालिकाका प्रमुख उपप्रमुख जम्मा भएका छन् ।

नगरपालिकामा बढी सिट जित्नेले अध्यक्ष दोस्रोले महासचिव सहितका पद पाउने यसअघी नै सहमति भइसकेको छ । तर कांग्रेस भने कसलाई सो पदमा पठाउने  बारेेेमा अनिर्णित छ ।बुधवार विहान सभापति शेर बहादुर देउवा सहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी,  महामन्त्री पूर्ण बहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु डा रामशरण महत, अर्जुन नरसिंह केसी लगायत पार्टीले पठाउने उमेदवारको बारेेेमा टुंगो लगाउन बसेपनि सहमति जुटेन ।

नगरपालिकाहरुमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका जीतेको छ । यहि महानगरपालिका मध्येबाट विराटनगरका मेयर भिम पराजुली कांग्रेसले पाउने महासचिवमा जान आकांक्षी देखिएका छन् । कांग्रेसले जीतेका दुई महानगर मध्ये ललितपुरका मेयरले इच्छा देखाएननI अर्का मेयर पराजुलीले इच्छा देेेखाएपछि उनलाई बनाउनु पर्ने प्रस्ताव पूर्व महामन्त्री सिटौलाले रारवेका थिए।

सिटौलाको प्रस्तावलाई सिंह, केसी, महत लगायतले समर्थन जनाएका थिए । वरिष्ठ नेता पौडेल पनि पराजुलीकै पक्षमा देखिए । महामन्त्री डा शशांक कोइराला सहितका अन्य नेताले पनि पराजुलीलाई बनाउन देउवालाई भने ।देउवाले धादिङ निलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले पनि चाहना गरेकोले के गर्ने भनेका थिए। देउवालाई उनी निकटहरूले ढुङ्गानाको पक्षमा निर्णय गर्न दवाव दिएका छन् ।अधिवेशनमा रहँदा टुङ्गो लाग्न नसकेपछि यसको निर्णय गर्ने जिम्मा देउवाको काँधमा आएको छ । देउवाले आफनो तर्फबाट ध्रुव वाग्लेलाई उमेदवारको टुङ्गो लगाउन सहजीकरणको जिम्मा लगाएका छन । उनले ढुङ्गानाको पक्षमा वकालत गरेपनि बहुसंख्यक प्रतिनिधी पराजुलीको पक्षमा हुँदा देउवा निर्णय लिन केहि हच्किएका छन् । (हाम्रा कुरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्