३३ किलो सुन काण्ड : थप पाँच जना पुर्पक्षका लागि थुनामा

<span class='c1'>३३ किलो सुन काण्ड : थप</span> <span class='c2'>पाँच जना पुर्पक्षका लागि थुनामा</span>

विराटनगर भदौ १४ । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थप पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको इजलासले बुधबार पाँच जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सुन तस्करी प्रकरणमा विमल पोद्दार, सञ्जय खेतान, राजकुमार दारुगा, इम्तियाज उद्दिन, अबु सलमान खान, बालकृष्ण खड्का र ठाकुरप्रसाद ढुंगानाविरुद्ध दोस्रो पूरक अभियोग जिल्ला अदालत मोरङमा दर्ता गरिएको थियो ।

विमल, सञ्जय, राजकुरमार, इम्तियाज र अबु सलमानलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्