सुन तस्करी र सनम शाक्य मुद्दाको पेसी एउटै बेन्चमा

<span class='c1'>सुन तस्करी र सनम शाक्य</span> <span class='c2'>मुद्दाको पेसी एउटै बेन्चमा</span>

विराटनगर भदौ १५ । प्रक्रियामा असन्तुष्टि जनाउँदै कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेर दबाब दिएपछि उच्च अदालत विराटनगरमा सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकिन थालेको छ । अलग–अलग इजलासमा पेसी तोकेर प्रक्रियाविपरीत गरेको भन्दै प्रतिरक्षा गर्ने कानुन व्यवसायीले अघोषित बेन्च बहिष्कार गरेपछि उच्च अदालतले बिहीबार सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको पेसी एउटै इजलासमा तोकेको छ ।

अदालत र कानुन व्यवसायीको छलफलपछि अलगअलग इजलासमा तोकिँदै आएको सुन तस्करी र सनम हत्या मुद्दाको सबै पेसी बिहीबार २ नम्बर इजलासमा तोकिएको थियो । तर, सरकारी वकिलले पेसी स्थगित गराएकाले मुद्दामा सुनवाइ हुन पाएन ।

बार एसोसिएन मोरङ, सुनसरी र उच्च बार एकाइ विराटनगरले १२ भदौमा उच्च अदालतका न्यायाधीश र प्रशासनसँग अन्तरक्रिया गरी २२ बुँदे सुधारपत्र बुझाएका थिए । सुधारपत्रलाई आधार मान्दै अदालतको जनआस्थालाई ख्याल गर्दै कानुन व्यवसायी र न्यायाधीशबीच द्वन्द्व न्यूनीकरण गर्ने छलफल भएको थियो । छलफलपछि ७ भदौदेखिको अघोषित बेन्च बहिष्कार १३ भदौबाट हटाएका थिए । बिहीबारदेखि कानुन व्यवसायीले नियमति बहस थालेको उच्च अदालत बार एकाइका सचिव मेदनीप्रसाद सेढार्इंले बताए । (नया पत्रिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्