बिराटनगरमा हुने फिल्म मेकिङ कार्यशालाको क्रेज बढ्दै

<span class='c1'>बिराटनगरमा हुने फिल्म मेकिङ</span> <span class='c2'>कार्यशालाको क्रेज बढ्दै</span>

बिराटनगर भदौ १५ , बिराटनगरमा हुन लागेको फिल्म मेकिङ कार्यशालाको लागि युवाहरुमा क्रेज बढेको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला हुन गइरहेको छ। भदौ २४ गते देखि २९ गते सम्म उक्त कार्यशाला हरेक दिन १० बजे देखि ५ बजेसम्म गराइने छ । 

नेपालका ख्यातिप्राप्त निर्माता छविराज ओझा सहितको प्रशिक्षक टोलीले बिराटनगरमा उक्त कार्यशाला गर्ने ओबी मिडिया प्रालिका निर्देशक बिबेक दाहालले बताए । १ हप्ताको उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्यामेराको प्रयोग साथै सम्पूर्ण सीप पाउने आयोजकले जनाएको छ । बिद्यार्थीहरुले उक्त तालिम पच्यात छोटा चलचित्र समेत निर्माण गर्नुपर्ने छ । कार्यशाला पच्यात बिद्यार्थीहरुले तालिमको प्रमाणपत्र समेत पाउनेछन । तालिमको शुल्क दश हजार रुपैया राखिएको छ । झापा र इटहरीको सफलता पछी बिराटनगरमा उक्त कार्यशाला हुन लागेको कान्तिपुर फिल्म एकेडेमीका रोनिस राउतले जानकारी दिए  ।

कार्यशालामा सहभागी हुन ९८४२१३९१९६ मा सम्पर्क गर्न सकिनेछ। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्