विराटनगरका १३ का बाल क्बलले सडक र मन्दिर यसरी गरे सरसफाई

<span class='c1'>विराटनगरका १३ का बाल क्बलले सडक</span> <span class='c2'>र मन्दिर यसरी गरे सरसफाई</span>

विराटनग, १६ भदौ । वडा बाल क्लब संजाल विराटनगर – १३ को आयोजनामा विराटनगरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । विराटनगर महानगरपालिका, टोल संगठन, मोरङ स्काउटको सहयोगमा विराटनगरमा शनिबार सरसफाइ गरिएको हो ।
विराटनगरस्थित कोशीप्रोजेक्टको शिव मन्दिर देखि नहर चौकको शिव मन्दिर र काली मन्दिरसम्म सरसफाइ गरेको थियो ।
मन्दिर र सडकको वरिपरि रहेको फोहरहरु संकलन गरी ट्याक्टर मार्फत व्यवस्थित ठाउँमा बिर्सजन गरेको क्लबकी अध्यक्ष एन्जेनिता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सरसफाइसँगै जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरिएको बताइन् । उक्त बाल क्बलले यस अघि पनि विभिन्न सचेतामूलक कार्यक्रमदेखि विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने खालको गतिविधिहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्