राधाकृष्ण रथयात्रा तयारी : बिराटनगरका सडक अनुगमनमा मेयर

<span class='c1'>राधाकृष्ण रथयात्रा तयारी :</span> <span class='c2'>बिराटनगरका सडक अनुगमनमा मेयर</span>

बिराटनगर भदौ १७ , भोलि बिराटनगरमा निस्कने राधाकृष्ण रथयात्राको पूर्वतयारीका क्रममा विराटनगरका सडक,पेटीको अनुगमन बिराटनगरका मेयर भीम पराजुली गरेका छन् ।

अहिले सडकमा भएको खाल्डाखुल्डी पुर्ने र नालीमा स्ल्याप हाल्ने काम भइरहेको छ ।

पेगोडा शैलीमा रहेको रथको लम्बाई २२ फिट , चौडाई १४ फिट, र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दाया बाया पट्टि फैलिएका लठ्ठा डोरी राखिने भएको छ । यतिबेला रथलाई सफासुग्घर बनाएर रङ्गरोगनको लागी कामदारहरु खटिरहेका छन् ।

राधाकृष्ण मन्दिरबाट यही भदौ १८ गते निकालिने रथयात्राको अवलोकन गर्न भारत लगायत नेपालका विभिन्न भागवाट भक्तजनहरु आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्