एभरेष्ट स्कुलमा श्रीकृष्णजन्माष्टमीमा विविध कार्यक्रम

<span class='c1'>एभरेष्ट स्कुलमा श्रीकृष्णजन्माष्टमीमा</span> <span class='c2'>विविध कार्यक्रम</span>

विराटनगर, १७ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर– ६ मा विविध कार्यक्रम गरिएको छ । बालबालिकालाई संस्कृतिको ज्ञान दिलाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरी देखि एक सम्मका बालबालिकालाई राधाकृष्ण बनाई श्री कृष्णजन्माष्टमीको महत्वका बारेमा जानकारी गराइएको हो ।
हिन्दु धर्मअनुसार श्री कृष्ण भगवान् जन्मेको दिनको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने धार्मिक संस्कार छ । यहि संस्कारलाई बालबालिकाकै अवस्थादेखि जानकारी दिँदै गए संस्कृतीको जगेर्नामा सघाउ पुग्ने विद्यालयको विश्वास छ । राधा र कृष्णको रुपमा बालबालिकालाई सजाएर कक्षा–कक्षामा लगेर यस पर्वको बारेमा जानकारी दिइएको विद्यालयकी शिक्षक सुस्मिता थापाले बताइन् । अधिकांश चाडपर्वमा बालबालिकालाई सम्बन्धित संस्कृतीसँग जोडिएका गतिविधिमा संलग्न गराउदै आएको विद्यालयले रक्षा बन्धन तथा जनैपूर्णिमाको दिनपनि बालबालिकाहरुलाई एकअर्कालाई राखि बाँध्ने र क्वाँटी ख्वाउने कार्यक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्