अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलामी हुने

<span class='c1'>अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र</span> <span class='c2'>१८ हजार डलरमा लिलामी हुने</span>

काठमाडौं, १९ भदाै । नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्टाइनले रिसिनबाच र उनकी पत्नीलाई चिया पिउन निमन्त्रणा गरेका छन् । पत्रमा सन् १९२८ अक्टोबर १९ को मिति छ । आइन्स्टाइन, रिसिनबाच र अस्ट्रियाका वैज्ञानिक श्रोडिंगर हम्बोल्ट बर्लिन विश्वविद्यालयमा त्यतिखेर पढाउँथे । अन्लाइन लिलामीमा बोली लगाउने अन्तिम मिति भदौ २७ सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्