मोरङमा बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा ३ जना घाइते

<span class='c1'>मोरङमा बेग्लाबेग्लै स्थानमा  भएको</span> <span class='c2'>सवारी दुर्घटनामा ३ जना घाइते</span>

विराटनगर, १८ भदाै । मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । मोरङ जिल्ला बुढीगंगा गाउँपालिका-२ स्थित टंकी सिनुवारी चोकमा सोमबार  मोटरसाइकलको ठक्करबाट १ जना घाइते भएका छन् । ईटहरीबाट विराटनगरबाटतर्फ आउँदै गरेको स ८ प १३५९ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा  साईकल यात्रीलाई ठक्कर दिंदा विराटनगर महानगरपालिका-१० बस्ने वर्ष ४० को गंगा ढकाल घाइते भएका छन् । घाइतेको विराट नर्सिङ होममा उपचार भईरहेको छ  भने मोटरसाइकल चालक सिरहाका मुकेश यादवलाई ईलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिइएको छ ।

यसैगरी उर्लाबारी नगरपालिका-५ स्थित भित्री सडक खण्डमा सोमबार बिहान को १८ प ४०३६ नम्बरको मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने वर्ष ६५ को शेर बहादुर माझी रहेका छन् । घाइते माझीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर ल्याईएको छ भने मोटरसाइकल चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने वर्ष ३५ को रकम श्रेष्ठ ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

यसैगरी सुन्दरहरैचा नगरपालिका-८ स्थित सलकपुरमा सोमबार दिउँस नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्री जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका-८ बस्ने ऋषिराम सुवेदीको छोरी वर्ष १४ की लता सुवेदी घाइते भएकी छिन । घाइते सुवेदीको स्थानीय अस्पतालमा उपचार गराईएको छ भने मोटरसाइकल चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्