इलाममा चट्याङ लागेर एक जनाको मृत्यु

<span class='c1'> इलाममा चट्याङ लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

इलाम। इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा माइ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहनु भएको छ । हिजो बेलुका करिव पाँचवजे उहाँलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई चट्याङ लागेको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

चट्याङ लागेर अन्य दुई जना घाइते हुनु भएको छ । घाइते हुनेमा स्थानिय टिकामाया योङहाङ र प्रकृती फत्र रहनु भएको छ । उहाँहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ । मृतकको शवलाई आज पोष्टमार्टम गरिने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्