काठमाडौं भदौ २१ । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।
विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ ।
अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो ।
घटनामा स्थानीय टेलिभिजन टोलोका दुई जना पत्रकारसमेत मारिएका छन् ।
समाचार संकलनमा रहेका उनीहरुको कार बम बिस्फोटमा मृत्यु भएको हो ।
बिस्फोटमा परी घाइते भएकाहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बिस्फोटका कारण रेस्लिङ क्लब पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने कयौं सवारीसाधन ध्वस्त भएका छन् ।
बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)