विराटनगर २३ भदौ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका(९ स्थित शनिबार बिहान तमोर नदीले बगाएर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान करिब ९ः ४५ बजे सुनसरी धरान उप(महानगरपालिका १४ बस्ने ५५ बर्षिया भिमा कुमारी राईको नुहाउने क्रममा तमोर नदीले बगाएर मृत्यु भएको प्रहरी चौकी मूलघाटले जनाएको छ ।
नुहाउने क्रममा नदीले बगाए पश्चात स्थानीयवासीले देखी प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल खोज तलासमा खटिएको प्रहरीको टोलीले राईको शव १०ः ४५ बजे २ किलोमिटर तल नदिको किनारमा फेला पारेको थियो ।
घटना बारे आफन्तलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।