यसरी भयो कानेपोखरीका बेवारिसे बिरामी बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै

<span class='c1'>यसरी भयो कानेपोखरीका बेवारिसे बिरामी</span> <span class='c2'>बृद्धको उद्धार, नोबेलमा उपचार हुँदै</span>

विराटनगर, २५ भदौ । बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धलाई उद्धार गर्न नोबेल अस्पतालका संचालक डा.सुनिल शर्मा मोरङको कानेपोखरी पुग्दा ७२ बर्षीय बृद्ध पीडाले छटपटाई रहेका थिए । एक साता अघिदेखि बाँसको टहरो भित्र ओढ्ने ओछ्याउँने बिना नै लेउ लागेको भुईमा वाँसको चित्राको सिरानी लगाएर सुतेका उनको उठ्न सक्ने अवस्था थिएन । सिकिस्त बिरामी भएर थलिएका बृद्धलाई डा.शर्माले उठाएर गाडीमा राख्दै गर्दा उनले ओठ कमाउँदै भने ‘अव त बाच्छु जस्तो छ ।’
बिरामी भई थलिएर सुतेको ठाउँमै दिसा, पिसाव भएको अवस्थामा कानेपोखरी स्थित चिस्याङ खोलाको पुल नजिक भेटिएका उनलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्माले उद्धार गरेका हुन् । गम्भीर अवस्थामा रहेका उनलाई आवश्यक सवै कुराको बन्दोबस्ती मिलाएर डा.शर्माले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् ।
वेवारिसे अवस्थामा भेटिएका बृद्ध सिकिस्त बिरामी भएर उठ्नै नसक्ने अवस्थामा पुगेको थाहा पाएपछि उनको उद्धारका लागि डा.शर्मा कानेपोखरी पुगेका थिए । धेरै बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाईसकेका डा.शर्मालाई स्थानीयले बृद्धको अवस्थाका वारेमा बताउँने बित्तिकै उनी तत्काल सो स्थानमा पुगेर बृद्धको उद्धार गरेका हुन् ।
बेवारिसे अवस्थामा भेटिएका बिरामी बृद्धका आफन्तको अत्तोपत्तो छैन । उनी कष्टपूर्ण तरिकाले बोल्छन । तर, बोलेको राम्रोसँग बुझिदैन । उनले आफ्नो नाम कृष्णबहादुर राई र घर सुनसरी भएको संकेत गरेका छन् । उनी कसरी त्यो ठाउँमा पुगे भन्ने स्थानीयबासीलाई पनि थाहा छैन । ‘बा एकहप्ता अघि यहाँ आएका हुन् ।’ स्थानीय नामा मगरले भनिन् ‘कसले ल्याईदियो कि कसरी आए थाहै छैन ।’
उनी एक हप्ता अघिदेखि खानासमेत नखाई प्रयोगबिहिन अवस्थामा रहेको बाँसको टहरोको भुईमा सुतेका थिए । बृद्ध अवस्था र त्यसमाथि सिकिस्त बिरामी परेकाले उनी उठ्नसमेत नसरी एकै ठाउँमा सुतिरहे । उठ्न नसक्दा दिसा, पिसाव पनि सुतेकै ठाउँमा भएर उनलाई झिगाले घेरेको थियो । हाड र छालामात्र भएको जस्तो अत्यन्तै दुब्लो देखिने उनी अहिले नोेबेल अस्पतालमा उपचाररत छन् । उनको छातिमा समस्या देखिएकाले सोहि बमोजिम उपचार भईरहेको उपचारमा संलग्न बरिष्ट छाति तथा फोक्सो रोग बिशेषज्ञ डा.रामहरी घिमिरेले बताए । उनका अनुसार उपचारका क्रममा बृद्धको स्वास्थ्यमा सुधार देखिएको छ ।
बृद्धलाई उपचार र हेरचारका लागि डा.शर्माले सम्पूर्ण बन्दोबस्ती मिलाईदिएका हुन् । उनको उपचारसँगै हेरचारका लागि कर्मचारी खटाईएको छ । बृद्धलाई नुहाईदिएर कपडा फेरिएको छ । खानपिन र औषधिको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिएका छन् । बृद्धको स्वास्थ्यमा सुधार भएपछि आफन्त पत्ता लगाएर उनलाई परिवारमा बुझाउँने डा.शर्माले बताए । ‘उहाँलाई ठिक नहुँनलेज उपचार गर्छौ ।’ उनले भने ‘निको भएपछि आफन्त पत्ता लगाएर बुझाउँछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्