विराटनगरको नोबेल अस्पतालमा उपचार्रार्थ एक बिमारीमा ‘लेप्टोस्पाइरोसिस’ रोग देखियो

<span class='c1'>विराटनगरको नोबेल अस्पतालमा उपचार्रार्थ एक</span> <span class='c2'>बिमारीमा ‘लेप्टोस्पाइरोसिस’ रोग देखियो</span>

बिराटनगर भदौ २६ , मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो।

अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबाट पीडित काफ्लेको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न डाक्टरका अनुसार काफ्लेको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको छ। उनका दुबै मिर्गौलाले काम गर्न छोडेका छन्। कलेजो र रगतमा अत्याधिक संक्रमण छ। ‘उहाँको शरीरका मुख्य अंगले काम गर्न छोडेका छन्,’ नोबेल अस्पताल स्रोतले भन्यो, ‘यस्तोमा बिरामीको अवस्थाबारे केही भन्न सकिन्नँ।’

प्रायः मुसाको पिसाबबाट सर्ने ‘लेप्टोस्पाइरोसिस’ कै कारण गत वर्ष मोरङमा दुई जनाको मृत्यु भएको थियो। सुन्दर हरैंचा–५ स्थित फोकलान टापुमा यो रोगबाट दुई बालबालिकाको मृत्यु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पुष्टी गरेको थियो। परिषदबाट गएको टोलीले सात जनाको रगत परीक्षण गर्दा दुई जनामा रोग पत्ता लागेको थियो। सोही रोग एक वर्षपछि पुनः देखा परेको हो।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार लेप्टोस्पाइरोसिस थाहै नपाई लाग्ने रोग हो। प्रायः मुसाको पिसाबबाट यो रोग सर्छ। तर, नेपालमा पर्याप्त अनुसन्धान नहुने गरेकाले पत्तै नपाई बिरामीको मृत्यु भइरहेको छ।

‘एक वर्षअघि मोरङमा यही रोग देखापरेको पुष्टि भयो, तर त्यसबारे जनचेतना फैलाउने अथवा थप अनुसन्धान गर्ने काम भएन,’ पुनले भने।

सुरूमा पहिला टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन्छन्। विस्तारै यसले रगत, कलेजो र मिर्गौलामा असर पार्छ। समयमै पत्ता लागे यो रोग निको हुन्छ। तर, ढिलो भए बिरामीको ज्यान बच्न मुस्किल छ। रंगेलीका काफ्लेमा पनि सोही भएको हुनसक्ने पुनले बताए।

खेतीपाती, जहाँ मुसाको बढी सक्रियता हुन्छ, त्यस्तो ठाउँमा खाली खुट्टा हिँड्दा जोखिम हुन्छ। ‘खुट्टामा कुनै चोटपटक छ भने भाइरस त्यहाँबाट शरीरमा प्रवेश गर्ने हो,’ पुनले भने।

पुनका अनुसार यो रोग सामान्य भने होइन। लक्षण देखिएपछि तुरून्तै उपचार नभए जटिल अवस्था आउँछ। ‘यो रोगको खोजीनीति नभएका कारण कतिपय बिरामी ज्वरो आएकै निहुँमा मृत्यु भएको ठानिन्छ,’ पुनले भने, ‘नेपालमा यो रोग अत्याधिक नै छ।’

वर्षायाममा बढी यो रोग देखिन्छ। यो रोग सन् १९८६ मा एडल्फ वेल्सले पत्ता लगाएकाले ‘वेल्स’ पनि भनिन्छ। उच्च तापक्रम हुने वा डुबान क्षेत्रमा यो प्रकोपका रूपमा देखिन्छ। नेपालमा भने सन् २०१० मा डेंगुसहितका रोगमा ‘लेप्टोस्पाइरोसिस्’ देखिएको थियो। ६५ जनामा यो रोग देखापरेको थियो।

यो रोग मुसा र छुचुन्द्राहरूबाट बढी सर्छ। घरपालुवा जनावरमा संक्रमण भएमा पिसाबबाट मानिसमा सर्छ। मानिसबाट अर्को मान्छेमा भने यो रोग नसर्ने चिकित्सक बताउँछन्। गत वर्ष मोरङ गएको टोलीले पनि यही बताएको थियो।(सेतोपाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्