विराटनगर, २६ भदौ । नेपाली कांग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले सरकारले लगाएको नारा अनुसार कामगर्न नसकेको वताएका छन् । उनले सकारात्मक तथा मुलुकको सम्वृद्धी र विकासको काममा नेपाली कांग्रेसको जहिले पनि साथ र सहयोग रहने भन्दै सरकार गठन भएको सात महिना पुग्दा पनि वोले अनुसार सरकारले कामको शुरुआत गर्नै नसकेको आरोप लगाए ।
सम्वृद्ध नेपाल सुखी नेपालीको अभियान सरकारले अघि सारेपनी सो अनुसारको कुनैपनी काम सरकारले अघि वढाउन नसकेको वताएका हुन । विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै उनले मुलुकमा विकास र सम्वृद्धी भन्दापनी सरकार अन्यत्रै अल्झिरहेको उल्लेख गरे ।
नेता गच्छदारले संघियता स्थापितगर्दै मुलुकमा राजनितिक स्थायित्व कायमगर्न दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । संघियता कार्यान्वयन चरणमा रहेकाले संघियतलाई कसैले पनि अव समाप्त पार्न नसक्ने उनको तर्क छ । मुलुकको राज्य प्रणालीलाई संसदीय मुल्य मान्यता अनुसार अघि वढेमा मात्र लोकतन्त्र बलियो हुने भन्दै उनले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँकतैबाट हुन नहुने वताए ।
प्रेस र स्वतन्त्र न्यायालयलाई कमजोर वनाउन खोजे लोकतन्त्र कमजोर हुने उनको भनाई छ ।