साझा प्रकाशनले विराटनगमा आयोजना गरिरहेको बृहत पुस्तक प्रदर्शनीमा कविताको शक्तिका विषयमा बहस गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीको संयोजनमा भएको सो बहसलाइ कविता, शक्ति र सीमा नाम दिइएको थियो । कार्यक्रममा मनुमञ्जिल, विवश पोखरेल, भानुभक्त पोखरेल, ज्योति जंगल, देवान किरातीलगायतका स्रष्टा तथा साहित्यकारहरुले सिर्जना क्षमता रहुन्जेलसम्म मात्र कुनै पनि व्यक्ति कवि हुने धारणा व्यक्त गरेका थिए ।