तराई क्षेत्रमा विशेष धुमधामका साथ आज चौठचन्द्र पर्व मनाइँदै

<span class='c1'>तराई क्षेत्रमा विशेष धुमधामका साथ</span> <span class='c2'>आज चौठचन्द्र पर्व मनाइँदै</span>

बिराटनगर, भदौ २७ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्व तिथि घटेका कारण बुधबारै मनाइँदैछ ।

यो पर्वमा चन्द्रमाको पूजाआजा गरी दिनभर निराहार बसेर साँझपख विविध पकवान, फलफूलका साथै माटोको भाडोमा जमाएको दही अर्पण गर्ने गरिन्छ ।

स्कन्दपुराणअनुसार भगवान कृष्णमाथि लोभ वंश मित्रको हत्या गरेको आरोप लागेपछि नारदको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथिको कलंकबाट मुक्त भएका थिए ।

सोहीअनुसार ब्रत गरी चन्द्रमालाई अर्घ्य दिने ब्रतालु धनवान् एवं पुत्रवान् हुनुका साथै प्रशन्न हुने जनविश्वास छ ।

बुधबार तराई क्षेत्रमा विशेष धुमधामका साथ यो पर्व मनाइँदैछ ।

त्यस्तै, पछिल्लो समय तराई समुदायका नारीहरुले पनि हरितालिका पर्व धुमधामका साथ मनाउन थालेका छन् ।

विगतमा फरक–फरक दिनमा हरितालिका र चौठचन्द्र पर्व मनाइएपनि यो वर्ष भने तिथिका कारण एकैदिन मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्