उदयपुर, ३० भदाै । उदयपुरकाे चौदण्डिगढी नगरपालिका-५ सिवाई खोला छेउमा बालुवा प्युरिफाई गर्ने क्रसर उधोगमा तार सर्ट भई करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ। क्रसर उधोग निर्माण गर्नको लागि फतेपुरबाट साे स्थानमा टिप्परले ढुङगा खसाल्ने क्रममा ना.अ.प.१३२९ नम्बरको टिप्पर चालक उदयपुर चौदण्डिगढी नगरपालिका- ९ हडियाका ४०का बिष्णु कार्की र सोही टिप्परका सहचालक चौदण्डिगढी नगरपालिका- ९ बस्ने बर्ष १९ को भक्त बहादुर खड्काको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । टिप्परले ढुङगा खसाल्ने क्रममा उक्त टिपरमा बाह्रहजार भोल्टेजको तारले छुँदा सर्ट हुन गई करेन्ट लागेर दुबैकाे घटनास्थलमै मृत्यु भएको थियो। मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानाएकाे छ ।