पञ्चेवाजा र झाँकी सहित महायज्ञको लागि विराटनगरमा शोभायात्रा

<span class='c1'>पञ्चेवाजा र झाँकी सहित</span> <span class='c2'>महायज्ञको लागि विराटनगरमा शोभायात्रा</span>

विराटनगर, ३१ भदौ ।
सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दिगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम अन्नपूर्ण भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ ।
महायज्ञको आयोजनाको अवसरमा शोभायात्रा निकालिएको छ । विराटनगर बरगाछीस्थित राधारमण मन्दिरबाट निकालिएको शोभायात्राले कोशीराजमार्गको विभिन्न भागको परिक्रमा गरेको छ । पञ्चेबाजा र झांकीसहित निकालिएको शोभायात्राले पीपलचोक र कंचनवाडीचोकको परिक्रमागर्दै महायज्ञ आयोजनास्थल विराटनगर–४ स्थित दाहाल सेवा प्रतिष्ठानमा पुगेर समापन भएको थियो । शोभायात्रामा जगद्गुरु बालसन्त मोहणशरण देवाचार्य समेत सहभागि हुनुभयो । भाद्र ३० गतेबाट असोज ७ गतेसम्म संचालन हुने महायज्ञमा श्रीराधाकृष्ण मन्दिर देवघाटका पीठाधिश आचार्य हरिशरण महाराजले कथावाचन गर्नु हुनेछ ।
चतराधाम पुग्ने साधुसन्त,अतिथि र विद्यार्थीकालागि भोजनालय ब्यवस्थापनका निम्ति अक्षयकोष स्थापनागर्ने उद्धेश्यले बालसन्तको संकल्प अनुसार महायज्ञ आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

यसैबीच प्रदेशप्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङले श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञको उदघाटन गरेका छन् । ज्ञानमहायज्ञ आयोजनास्थल विराटनगर–४ स्थित दाहाल प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङसंगै जगदगुरु बालसन्त मोहणशरण देवाचार्यले संयुक्तरुपमा ज्ञानमहायज्ञको उदघाट्न गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्