१ नम्बर प्रदेशलाई वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक

<span class='c1'>१ नम्बर प्रदेशलाई वालमैत्री प्रदेश बनाउन</span> <span class='c2'>साझा संकल्प र प्रतिबद्धता आवश्यक</span>

धरान, १ असाेज । १ नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले वालमैत्री प्रदेश बनाउन साझा संकल्प र प्रतिबद्धता आवश्यक भएको बताएका छन् ।
अहिले स्थानीय तहहरु वालमैत्री हुन खोजीरहेको सन्दर्भलाई जोड्दै उनले सबैको साझा संकल्प र प्रतिबद्धताबाटमात्र प्रदेशलाईपनि बालमैत्री बनाउन सकिने बताएका हुन् ।  धरानको २० नम्बर वडालाई वालमैत्री वडा घोषणा समारोहमा बोल्दै सभामुख भण्डारीले वालवालिकासँग प्रतक्ष्य सरोकार राख्ने क्षेत्रहरुमा वालवालिकाको सहभागिता गराउने र वालवालिकालाईपनि निर्णय गर्ने अधिकार उपलब्ध गराएमात्र वालमैत्री हुन सकिने उनले बताए ।
‘समाजका सबै क्षेत्रमा वालवालिकाको प्रतक्ष्य सरोकार जोडिएको हुन्छ,त्यसैले त्यस्ता क्षेत्रहरुमा वालवालिकाको सहभागिता हुनु आवश्यक हुन्छ’ सभामुख भण्डारीले भने । वालमनोविज्ञानमा नकारात्मक असर पर्ने कार्य तथा कुराहरु गर्न र हुन दिन नहुने भन्दै उनले अब सकारात्मक भाब लिएर अगाडी बढ्नु पर्ने अवस्था रहेको औल्याए । उनले वालवालिकामैत्री कानुन निर्माण गर्न प्रदेशसभा प्रतिबद्ध रहेको पनि बताए । धरानको २० नम्बर वडालाई वालमैत्री घोषणा गर्दै उनले अब वडाका हरेक गतिबिधिमा वालवालिकाको सहभागिता र पहुच हुनेमा विश्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्