उदयपुरमा सुमाे दुर्घटनामा अष्ट्रेलियन नागरिकको मृत्यु, ८ घाईते

<span class='c1'>उदयपुरमा सुमाे दुर्घटनामा अष्ट्रेलियन</span> <span class='c2'>नागरिकको मृत्यु, ८ घाईते</span>

उदयपुर, १ असाेज । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी बजार नजिक सोमवार दिउँसो सुमो दुर्घटनामा परि १ जना विदेशी नागरिकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत काठमाण्डौबाट ओखलढुंगा तर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको सुमो अनियन्त्रित भई  सडकबाट करिब १ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि अष्ट्रेलियन नागरिक बर्ष ७० की हुसे कान्तको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त दुर्घटनामा काठमाण्डौ बागेश्वरी बस्ने बर्ष २१ को मनोज रोक्का, सोलुखुम्बु नेले २ बस्ने बर्ष १४ को सुजन बस्नेत, बारा कलैया नगरपालिका-१९ बस्ने बर्ष २८ को अर्जुन कुमार पाण्डे, अष्ट्रेलियन नागरिक बर्ष ७७ को  हुसेक रुडाल, सोलुखुम्बु नेले २ बस्ने बर्ष ४५ को ईन्द्र बस्नेत, बर्ष ३१ की सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौर-७ बस्ने बर्ष २८ को लोक बहादुर तामाङ (चालक) र सोलुखुम्वु च्याल्सा बस्ने बर्ष ५९ की याङ्छी शेर्पा गम्भीर घाईते भएका छन् । घटनास्थलमा खटिएको प्रहरी टोलीले घाईते ८ जनाको उद्धार गरी उपचारको लागि एम्बुलेन्सद्वारा काठमाण्डौ पठाईएको प्रहरीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्