झापामा लागुऔषध सहित एकजना पक्राउ

<span class='c1'>झापामा लागुऔषध सहित</span> <span class='c2'>एकजना  पक्राउ</span>

झापा,५ असाेज । झापाको मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट प्रहरीले  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषध सहित दमक नगरपालिका-४ बस्ने बर्ष ४० को पोष्ट बहादुर भुजेललाई पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका भुजेललाई शंका लागि  चेकजाँच गर्ने क्रममा लुपिजेसिक-२५ एम्पुल, फेनारागन-२५ एम्पुल र डाइजेपाम-२५ एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका भुजेललाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्