चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज सञ्चालनमा

<span class='c1'>चतराबाट सप्तकोसी हुँदै भोजपुर र</span> <span class='c2'>धनकुटातर्फ चल्ने मिनी पानीजहाज सञ्चालनमा</span>

भोटराज राई

उदयपुर, असोज ९ गते । उदयपुर र सुनसरीको सीमा चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज वर्षामा स्थगित रहेकोमा सोमबारबाट सञ्चालनमा आएको छ ।

तीन महिना स्थगित मिनी पानीजहाज नजिकिँदो पर्व दसैँ र तिहारलाई मध्यानमा रहखेर पुनः सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्शुराम राईले बताउनुभयो । उहाँका अनुसार दसैँ, तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्याधिक हुने र उनीलाई सुविधा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । वर्षाका कारण सप्तकोसीको बहाव बढ्ने कारणले असार, साउन र भदौ स्थगित गरिएको थियो ।

वर्षात्मा कमी आएसँगै सप्तकोसीको पानी घटेर पुरानै अवस्थामा आएकाले मिनि पानीजहाज अर्थात जेटबोट सञ्चालन गर्न सकिएको राईले बताउनुभयो । स्थगित भएपछिको पहिलो दिन आज क्यान–१ ले एकपटक यात्रा भरेको थियो ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा गाउँपालिकाको बीचमा रहेको सप्तकोसी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्म जेटबोट सञ्चालन हुने गर्छ । त्यहाँ दुईवटा जेटबोट रहेका छन् ।
यात्रु तथा पर्यटक करिब १५ किलोमिटरको दूरीमा यात्रा गर्दछन् । यसबाट खासगरी भोजपुर, धनकुटा र उदयपुरको माथिल्लो विकट भेगका बासिन्दालाई सुविधा पुगेको छ । उनीहरूलाई सात घण्टासम्म हिँड्नुपर्ने भौगोलिक अवस्थालाई जेटबोटबाट १५ मिनेटमै पार गर्न सम्भव भएको छ ।

यसैवर्षदेखि सञ्चालनमा आएको त्यहाँको जल यातायात लोकप्रिय बन्दैगएको छ । यात्रु र पर्यटक जलयात्रामा रमाउने गरेका छन् भने सहजता र सुविधा मिलेकाले यात्राका लागि रोजाइमा पार्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्