स्वर्गको अनुभव हुने तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’ यस्तो छ …

<span class='c1'>स्वर्गको अनुभव हुने तेह्रथुमको ‘ह्यात्रुङ्ग</span> <span class='c2'>झरना’ यस्तो छ …</span>

तेह्रथुम, ९ असोज । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको लागि रोजाईको गन्तव्य बनेको छ । गाउँपालिकाको वडा नम्बर ४ र ५ को सीमानामा रहेको यस भरना हेर्नकै लागि पछिल्लो समय दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको यस ह्यात्रुङ झरना दक्षिण एसियाकै अग्लो झरनाको रुपमा परिचित छ । यस ठाँउमा पर्यटकहरु दृश्यावलोकनका साथै फोटो खिच्ने तथा नुहाउने समेत गरेका छन् ।

पहिलो पटक यस झरना घुम्न आएका मोरङ बिराटनगरका श्रवण कुमार रिसिदेवले आफुलाई स्र्वगमै पुगेको आभास भएको बताए । प्राकृतिक रुपमा बनेको यो झरनामा प्रत्येक दिन जसो देखिने सप्तरङगी ईन्दे्रेणीको दृष्यले पर्यटकको मन लोभ्याउने गर्दछ । यो दृष्य हेर्न कै लागि युवादेखि वृद्धाहरु समेत आउने गरेका छन् । अग्लो स्थानबाट झरेको मनमोहक दृष्य अवलोकनका लागि आएको काभ्रेका अशोककुमार सिंहको भनाई छ ।

फेदाप गाउँपालिकाको ईसिवु र सम्दुको सीमानामा रहेको यो झरना हेर्नको लागि नेपालका बिभिन्न स्थानको आन्तरिक पर्यटकहरु र भारत तथा अन्य तेस्रो मुलुकका बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ । यहाँ घुम्न आउनेहरु मघ्ये अधिकांश नवजोडीहरु पर्दछन् ।

मध्यपहाडी लोक मार्गको सम्दु सडक खण्डबाट आधा घण्टाको पैदल दुरीमा पुग्न सकिने यो झरनाको प्रचार प्रसार र उचित व्यवस्थापन भने खासै नभएको पाईएको छ । निजी तथा सरकारी स्तरबाट व्यावस्थापनका लागि पहल नहुँदा पर्यटकीय महत्व बोकेको यो झरना ओझेलमा पर्दै जाने भएकाले यसको प्रर्वद्धनका लागि कार्ययोजना बनाईएको फेदाप गाउपालिकाका प्रवक्ता नबिन चोङबाङले बताउनुभयो ।

बर्खायाममा पानीको श्रोत प्रशस्तै भएपनि हिउँदमा झरनामा पानीको मात्रा कम हुने गरेकाले सो बेलामा समेत पानीको ब्यावस्थापन गर्नुपर्ने स्थानीयबासीको भनाई छ । झरना सम्म आवत जावतका लागि सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनु पर्ने यहाँ घुम्न आउने पर्यटकहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्