छुट्टा-छुट्टै सवारी दुर्घटनामा ८ जना घाईते

<span class='c1'>छुट्टा-छुट्टै सवारी दुर्घटनामा</span> <span class='c2'>८ जना घाईते</span>

झापा, ९ असाेज ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मंगलबार छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन् । झापाको मेचि नगरपालिका-१२ कालिझोडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको  मे १ त ५२१४ नम्बरको ट्याक्टरको टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक झापा कन्काइ नगरपालिका-७ बस्ने वर्ष ३५ को राज कुमार ढकाल, ट्याक्टरमा सवार बर्ष १५ को मनोज बयलकोटी, वर्ष २० को सरोज तोलाङ्गी र वर्ष १९ को पवन बिक घाईते भएका छन्। घाईतेहरुलाई प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि मनकामना अस्पताल चारआली लगेको थियो। त्यसैगरी झापाको मेची नगरपालिका-१२ सरेडागी स्थित मेची राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक बृद्धा पैदलयात्री घाईते भएकी छिन। बिहान १०:०० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ९६१२ नम्बरको  मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री ऐ.ऐ.बस्ने वर्ष ६५ की मंगली मेचेलाई ठक्कर दिई घाइते बनाएको थियो। घाइते बृद्धालाई प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि वि एण्ड सी अस्पताल विर्तामोड पठाएको थियो। मोटरसाइकल र चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका-१ बस्ने वर्ष ४४ को रेवत सापकोटालाई प्रहरी चौकी चारआलीको नियन्त्रणमा राखिएको छ। त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका-९ किरात चोक स्थित पुर्व पश्चिम राजमार्गमा बसबाट ओर्लदै गरेका ब्यक्तिहरुलाई ट्रकले ठक्कर दिदा ३ जना घाइते भएका छन।  पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ७१८४ नम्बर को बसबाट मान्छे झार्ने क्रममा सोही दिशाबाट आउदै गरेको ना ६ ख ३१२८ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको थियो। दुर्घटनाको खबर पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलिले बसमा सवार घाइतेहरु जिल्ला झापा शिवसताक्षी नगरपालिका-१० बस्ने वर्ष २५ को सरोज घिमिरे, वर्ष २९ की भुमिका घिमिरे. अर्जुनधारा नगरपालिका- ४ बस्ने वर्ष ५० की सुमित्रा भट्टराईलाई उपचारार्थ बि एण्ड सी अस्पताल विर्तामोड पठाईएछ। बस, बस चालक ऐ.शिवसताक्षी नगरपालिका-११ बस्ने वर्ष ४७ को नगेन्द्र भण्डारी, ट्रक, ट्रक चालक ऐ.झापा गाउँपालिका-४ बस्ने वर्ष २६ को सम सोरेनलाई ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्