लहानको मुख्य चोकबाट एक डाक्टरको अपहरण

<span class='c1'>लहानको मुख्य चोकबाट</span> <span class='c2'>एक डाक्टरको अपहरण</span>

लहान असोज १० । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थापाले भने, ‘हामी खोज्दै छौं, अझै पत्तो लागिसकेको छैन्।’ हेटौडामा काम गर्दै आएका डा. यादव आन्तरिक कारणले एक महिनादेखि लहान १ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए। ‘आन्तरिक कारण अहिले नखुलाउ’, उनले थपे, ‘डा. यादवको अपहरणको त्यही कारणले भएको हुनसक्ने आशंका सहित खोजी गरिरहेका छौं ।’

अपहरणस्थल लहानको चल्तीको चोक हो। यहाँ अबेर रातीसम्म मानिसको चहलपहल रहन्छ। ईलाका प्रहरी कार्यालयबाट मुस्किलले पाँच सय मिटर पश्चिम दूरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि उतिकै दूरीमा पर्छ अपहरणस्थल। घटनाबारे विस्तृत जानकारी खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्