उदयपुरमा बलात्कारीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना

<span class='c1'>उदयपुरमा बलात्कारीलाई पाँच वर्ष कैद</span> <span class='c2'>र एक लाख जरिवाना</span>

गाईघाट, असोज ११ :बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो ।

विसं २०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्