एसिया कपको फाइनलमा भारत र बंगलादेश भिड्ने

<span class='c1'>एसिया कपको फाइनलमा भारत</span> <span class='c2'>र बंगलादेश भिड्ने</span>

एजेन्सी । मुसफिकर रहिम र मोहम्मद मिथुनको अर्धशतकप्रेरित बंगलादेशले बुधबार राति पाकिस्तानलाई ३७ रनले हराउँदै एसिया कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब शुक्रबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

मुसफिकर रहिमले ९९ तथा मिथुनले ६० रन बनाएपछि अबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन बनाएको थियो । तर बंगलादेशका मुस्तफिजुर रहिमले ४ विकेट लिएपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ९  विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो ।

अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गर्न नसके पनि रहिम र मिथुनले बंगलादेशको इनिङ सम्हालेका थिए । ४.२ ओभरमा १२ रन जोड्दा बंगलादेशले ३ विकेट गुमाइसकेको थियो । तर मिथुन र रहिमले चौथो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेपछि बंगलादेश सम्मानजनक स्कोर तर्फ लम्किएको थियो । ३३.४ ओभरमा मिथुन आउट हुँदा बंगलादेश १५६–४ को स्थितीमा थियो । मिथुनले ८४ बलमा ४ चौका प्रहार गरेका थिए । रहिमले १ सय १६ बल खेलेर ९ चौका हान्दै ९९ रनमा आउट भए । त्यसबाहेक महमुदुल्लाहले २५, मुस्रफी मोर्ताजाले १३ तथा मेहदी हशनले १२ रन जोडे ।  पाकिस्तानका जुनैद खानले ४ विकेट लिँदा शाहीन शाह अफ्रिदी र हसन अलीले समान २÷२ विकेट लिए ।

पाकिस्तानका ओपनर इमाम उल हकले ८३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । १ सय ५ बल खेलेका उल हकले २ चौका र १ छक्का प्रहार गरे । असिफ अलीले ३१, सोएब मलिकले ३० रन जाड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
दश ओभर बलिङ गरेका मुस्तफिजुर रहमानले २ मेडन राख्दै ४३ रन दिएर ४ विकेट लिए । मेहदी हसनले २  विकेट विकेट लिँदा रुबेल होसिन, महमुदुल्लाह र सौम्य सरकारको नाममा १÷१ विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्