समाचार सार्वजनिक भएपछि बेलबारीकी रीताको पढाईको लागि खर्च जुट्दै

<span class='c1'>समाचार सार्वजनिक भएपछि बेलबारीकी रीताको</span> <span class='c2'>पढाईको लागि खर्च जुट्दै</span>

बिराटनगर असोज ११ , आर्थिक अवस्था कमजोर भएपछि सफारी चलाएर पढाए खर्च जुटाउँदै आएकी मोरङको बेलबारी–११ निवासी १४ वर्षीय रीता कार्कीको पढाईको लागि खर्च जुट्न थालेको छ ।
आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीय बालिका आफै सफारी चलाएर पढाई खर्च जोहो गर्दै आएको समाचार सार्वजनिक भएपछि केही दिन अघिमात्र बेलबारी नगरपालिकाले १० हजार उपलब्ध गराएको थियो ।

नगरपालिकाले सहयोग गरेको केही दिन वित्न नपाउँदै वुढीगङ्गा गाउँपालिका वार्ड नं ५ बस्ने रीता न्यौपानेले बालिकालाई पढुन्जेलसम्मका लागि किताब, कापी र लेखनमा लाग्ने डटपेन वा कलममा लाग्ने सम्पूर्ण खर्च उपलव्ध गराउने घोषणा गर्नुभयो । विद्यालय संचालकसमेत रहेकी रीता न्यौपानेले आज बेलबारी नगरपालिकामा पत्रकार सम्मेलन नै गरेर कार्कीको पाठ्य सामग्री बेहोर्ने घोषणा गर्नुभएको हो । बालिका बेलबारी ११ स्थित लक्ष्मी मावि कक्षाको ९ मा अध्ययनरत छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्