छोराछोरीको हत्यापछि परिवारै विस्थापित

<span class='c1'>छोराछोरीको हत्यापछि</span> <span class='c2'>परिवारै विस्थापित</span>

सुनसरी, १२ असाेज। अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान । अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे ।  परिवार राम्रैसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो । तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो । असार १० गते शनिबार ।   घरबाट हराएको २ दिनपछि  रवीन्द्र सापकोटाका १५ वर्षीय छोरा रञ्जित र चेथनाथका छोरीहरु शुष्मा र प्रदीपको शब घर नजिकैको पोखरीमा भेटियो ।  तर छोराछोरीका हत्यारा पत्ता नलागेपछि भोजपुरको आफ्नो गाउँबाटै सुष्मा र प्रदीपका अभिभावक विस्थापित भएका छन् । उनीहरू अहिले इटहरीमा आफन्तले ऋणमा बनाइदिएको टिनको घरमा आश्रय लिएर बसिरहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्