अवतरणका क्रममा रहेको विमान समुद्रमा

<span class='c1'>अवतरणका क्रममा रहेको</span> <span class='c2'>विमान समुद्रमा</span>

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ ।

प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो ।

विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

एयर न्यूगिनीको विमान अनियन्त्रित भएर समुद्रमा पुगेको बताइएको छ । दुर्घटनाको कारणबारे अधिकारीहरुले अनुसन्धान भइरहेको जनाएका छन् ।

तत्कालै उद्धारकर्मीहरुले समुद्रमा तैरिएको विमानबाट यात्रीलाई उद्धार गरेका थिए । साना डुंगामा राखेर यात्रीलाई बाहिर निकालिएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्