पीपीएलमा विराटनगर टाइटन्स् , सन्दिप लामिछाने मार्की प्लेयर

<span class='c1'>पीपीएलमा विराटनगर टाइटन्स् ,</span> <span class='c2'>सन्दिप लामिछाने मार्की प्लेयर</span>

काठमाडौं, असोज १२ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।

पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।पीपीएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माणकार्य भइरहेको सो अवसरमा जानकारी दिइयो ।

बिहीबार घोषणा गरिएको टोलीमा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यावसायी राहुल महरासहितको टोलीले गरेको छ । ‘मार्की प्लेयर’ राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् ।

त्यसैगरी, विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् ।बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी रहेका छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषावकर रहेका छन् ।एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सन्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छ्न ।

हुलास काठमाडौं रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन् ।टोली र मार्की प्लेयर घोषणा भएसँगै पीपीएलको ‘अक्सन’ आगामी आइतबार हुनेछ । अघिल्लो दुई साता दर्ता गरिएका खेलाडीबीच अक्सन गराइनेछ ।

पीपीएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ ।

क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यु–१५, यु–१७, यु–१९, यु–२१ र यु–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ ।अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेकाबाहेकका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्यूनतम् मूल्य (बेस प्राइस) रु ५० राखिएको छ भने अधिकतम् मूल्य (म्याक्सिमम प्राइस) रु दुई २ लाख ५० हजार राखिएको छ ।क्याप्ड एज लेभलको न्यूनतम् मूल्य पनि रु ५० हजार र अधितम् मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम् मूल्य रु ३० हजार र अधिकतम् मूल्य रु एक लाख रखेको छ ।पीपीएलका लागि एक टोलीले न्यूनतम् १५ खेलाडी र अधिकतम् १८ खेलाडी आबद्ध गर्नुपर्नेछ ।सो अवसरमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली खेलकुदले आशा गर्ने खेलकारुपमा रहेको क्रिकेटको व्यावसायिक घरेलु प्रतियोगिता सन्चालन गर्न लागेकामा शुभकामना व्यक्त गरे ।

उनले क्यान विवाद अन्त्य हुन लागेको बताउँदै अबको एक/दुई महिनामा टुंगो लगाउने बताए । यस्ता प्रतियोगिताले नयाँ–नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।प्रतियोगिताका लागि आयोजक क्वीन्स इभेन्टले पोखरा रंगशालामा मैदान तयार गरिरहेको छ ।

अक्सनमार्फत् टोली घोषणा हुने क्वीन्सका प्रबन्ध निर्देशक छुब्बी लामाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्