बिराटनगर असोज १३ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो ।
भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।
भारतका कुलदीप यादवले तीन र केदार जाधवले दुई विकेट लिए । जसपि्रत बुमराह र युजवेन्द्र चहलले एक-एक विकेट हात पारे ।म्यान अफ दी म्याचको अवार्ड बंगलादेशका लिटन दास र म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।