मोरङको रतुवामाई नगरपालिकमा गुगल ब्वाई आदित्य दाहाललाई विशेष स्वागत सम्मान

<span class='c1'>मोरङको रतुवामाई नगरपालिकमा गुगल ब्वाई</span> <span class='c2'>आदित्य दाहाललाई विशेष स्वागत सम्मान</span>

सिजुवा असोज १३ ,  नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रतुवामाई नगरका कर्मचारी र जनप्रतिनिधी हरुले पुष्प गुच्छाले स्वागत गरेका थिए ।

गुगल ब्वाई आदित्य दाहालको परकल्पनामा आदित्य निवासमा विश्वको आठौ आश्चर्यमा पर्ने त्रि गजुरिय शिवालय मन्दिरको निर्माण भईरहेको बताउनु भयो । गुगल ब्वाई भनेर चिनिने आदित्य दाहालको बारेमा पुस्तक कलीयुगको आदित्य ज्येती पथ नामक पुस्तक प्रकाशीत भईसकेको र अर्को प्रकाशनको क्रममा रहेको बताउनु भयो । नगर प्रमुख रविन राईले गुगल ब्वाई आदित्य दाहाललाई नगरको अवस्था र भावी योजनाको बारेमा बताउनु भएको थियो । बाल गुरु आदित्य आचार्यको मावली घरको साईनो नगर सँग जोडीनु नगरको गौरवको विषय भएको बताउनु भयो । वहाँले नगरको समृद्धिको लागि कामना गरिदिन पनि गुरु आदित्य दाहाल सँग आग्रह गर्नु भयो ।

प्रत्युत्तरमा बालगुरु आदित्य दाहालले कल्याण होस, शुभ होस विश्वनाथ बाबाले यो धर्तीको कल्याण गरुन भनि कलमले लेख्नु भएको थियो । साथै कलीयुगको आदित्य ज्येती पथ नामक पुस्तक नगरका प्रमुख र उप प्रमुखलाई उपहार दिनु भयो । कार्यक्रममा बाल गुरु आदित्यका परिवार साथै आदित्य संरक्षण प्रतिष्ठानका सदस्य हरुको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्