इन्डोनेसियामा शक्तिशाली भूकम्प र सुनामीमा मर्नेको संख्या ८ सय ३२

<span class='c1'>इन्डोनेसियामा शक्तिशाली भूकम्प र सुनामीमा</span> <span class='c2'>मर्नेको संख्या ८ सय ३२</span>

काठमाडौं असोज १५ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मर्नेको संख्या ८ सय ३२ पुगेको छ ।

भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएका छन् ।

उनीहरुको खोजी र उद्धारको प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

तटीय शहर पालुस्थित एउटा होटल र किनमेल केन्द्रको भग्नावशेषभित्र फसेकाहरुको उद्धार गर्न विभिन्न टोली सक्रिय रहेका छन् ।

८० तले होटलको भग्नावशेषबाट मानिसहरुले गुहार मागिरहेको सुनिएको बताइएको छ । भग्नावशेषभित्र पनि मोबाइल फोनका संकेत प्राप्त भएको जनाइएको छ ।

भग्नावशेष पन्छाउने ठूला उपकरण नभएका कारण उनीहरुलाई उद्दार गर्न कठिन भएको छ । भग्नावशेषहरु हातले नै पन्छाउँदै उद्धार थालिएको छ ।

अझै कतिपय ठाउँमा भत्किएका संरचनाभित्र कति मानिसको मृत्यु भएको छ भन्ने एकीन हुन सकेको छैन ।

ती ठाउँमा हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

इन्डोनेसियामा शक्तिशाली परकम्पहरु अझै गइरहेका छन् ।

धेरै अस्पतालमा समेत क्षति पुगेका कारण अस्थायी टहरा बनाएर घाइतेहरुको उपचार भइरहेको छ भने फेला परेका शवलाई सडकको छेउमा थुपारिएको छ ।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्