भोजपुर असोज १५ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई जिल्ला अदालत भोजपुरले १० वर्ष कैद सजाएको फैसला गरेको छ ।
भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका हर्कबहादुर राईलाई अदालतले १० वर्ष कैद सजाएको फैसला गरेको हो ।
जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले कैदको फैसला गरेको अदालतका ठिठ्ठा खड्गबहादुर खत्रीले जानकारी दिए ।
राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको हत्या गरेका थिए ।