धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन

<span class='c1'>धनकुटाका सवारी चालकको आँखा परीक्षण</span> <span class='c2'>गर्न सडकमै शिविर सञ्चालन</span>

धनकुटा असोज १५। धनकुटाका सवारी चालकको आँखा परीक्षण गर्न सडकमै शिविर सञ्चालन गरिएको छ ।

चालकको आँखामा समस्या भएमा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै धनकुटा नगरपालिका वडा नं. ६ को समन्वय र नेत्रज्योति संघ धनकुटाको प्राविधिक सहयोगमा डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा सरस्वती चोकमा सडकमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ सय १२ जना सवारी चालकको आँखा परीक्षण गराएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

परीक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जनालाई निःशुल्क औषधि वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्