झापामा ट्रक तथा मोटरसाइकल चोरी गर्ने पक्राउ परे

<span class='c1'>झापामा ट्रक तथा मोटरसाइकल</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

झापा, असोज १८

इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले ट्रक तथा मोटरसाइकल चोरी गर्नेदेखि ‘पाकेटमार’सम्मलाई पक्राउ गरेको हो । बिर्तामोड प्रहरीले ट्रक चोरीमा संलग्न पाँचथरको फिदिम नगरपालिका–३ बस्ने १९ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरेको छ । उनी एक्लैले तीनओटा ट्रक चोरेर भागेको प्रहरीले जनाएको छ ।

ना ५ ख ४९८६, ना२ख ५०८१ र मे१ख २६३८ नम्बरको ट्रक बिर्तामोडबाट चोरी भएको थियो । यी तीनओटै ट्रक बिर्तामोड–५ का विभिन्न स्थानमा पार्किङ गरेर राखिएको ठाउँबाट रातिको समयमा चोरी भएको हो ।

यस्तै, प्रहरीले मोटरसाइकल चोरी गर्ने बिर्तामोड–२ स्थित बेलडाँगीका दिवस राई, रातको समयमा विभिन्न घर तथा पसलमा छिरेर चोरी गर्ने गौरीगन्ज–५ का १९ वर्षीय ओमप्रकाश यादव र बिर्तामोड–५ का १९ वर्षीय सुरज राजवंशीलाई पक्राउ गरेको छ ।

यस्तै, बसका यात्रीबाट नगद चोरी गर्ने कन्काई–३ का २८ वर्षीय विनोदसिंह मर्डी, सिरहाको धनगढीमाई नगरपालिकाका ४० वर्षीय लोकबहादुर जर्गामगर र झापा, दमकका ४८ वर्षीय मिलन अधिकारीलाई प्रहरीले पक्रेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्